
काठमाडाैं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान-पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्री परिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो ।
नेपाली टिमको जितले गौरव र खुसीको अनुभूती भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लगेका थिए ।
बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियो ।
उपाधिविजेता नेपाली टिम बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…