
पोखरा-आहा रारा गोल्डकपको नयाँ च्याम्पियन बन्दा बीसवर्षे सम्झौता फाईनलसँगै सकिएको छ । शसस्त्र प्रहरी बलले २० औं सस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो । सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो । हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो ।
पहिलो दश वर्ष आहा गोल्डकप गर्यो । त्यसपछिको दशवर्ष आहा रारा गोल्डकपको नाममा चल्यो । आहा रारा गोल्डकपको २० वर्षे यात्रा शनिबार टुंगियो । चरम राजनीतिक संकटबाट गोल्डकपको यात्रा शुरु गरेको सहाराले २० वर्षे यात्रामा धेरै आरोह अवरोध उतार चढाव व्यहोर्यो । राजनीतिक संकटलाई व्यहोर्यो । भूकम्पले थलिएको अवस्थालाई प्रत्यक्ष नियाल्यो । त्यसपछि भईरहेको प्यारापिट भत्काएर जीर्ण अवस्थामा फुटबल खेलाउनुपर्ने परिस्थितिबाट गुज्रियो । अहिले कोभिडको संक्रमणसँगै त्रासको संकटबाट पार लगायो ।
सहाराको फुटबल यात्रा क्याराभान गोल्डकपबाट शुरु भएको थियो । फुटबलमै दुर्लभ नजिता निस्कियो । सिक्काले गाई कि त्रिशुल गरेर निर्णय गरिएको पोखराको फुटबल इतिहासमा देखियो । क्लबस्तरीय नकाउट फुटबलमा क्याराभान गोल्डकपले छाप छोड्यो । त्यो छापले पोखराकै प्रतिष्ठित उद्योगी घराना हिमश्री फुड्सलाई फुटबलसँग जोडिदियो । क्लबले फुटबलमा देखाएको साहस र हिमश्री फुड्सले देखाएको आत्मियताले राजनीतिक द्वन्द्वको अवस्थामा फुटबलबाटै पर्यटनमा नयाँ आयाम शुरु भयो । २०५९ सालमा हिमश्री फुड्सले क्लबलाई मुख्य प्रायोजन गर्ने गरी सम्झौता गर्यो । पहिलो दश वर्ष हिमश्री फुड्सले सहारा क्लबसँग आहा गोल्डकपको नाममा प्रतियोगिता सञ्चालन गर्ने गरी सम्झौता गरेर नयाँ थालनी गरेको थियो ।
माओवादी द्वन्द्व उत्कर्षमा थियो । चन्दा संकलनबाट जर्जर बनेको अवस्थामा पनि हिमश्री फुड्सले प्रायोजन गरेर फुटबलमा गुन लगायो । हिमश्री फुड्सले लगाएको गुनलाई सहाराले मन बचन र कर्मले आत्मा साक्षी राखी काम गर्यो । जसले पोखरामा आयोजना गरिएको आहा गोल्डकपलाई नेपालकै उत्कृष्टको प्रमाणित स्वयं राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लबहरुको सहभागिताले गरिसकेको छ ।
गोल्डकपले २०५९, २०६०, २०६१ र २०६२ सालसम्म राजनीतिक संकटबाट गुज्रियो । त्यसपछि २०७२ को महाभूकम्पको जटिल परिस्थितिको सामना गर्यो । त्यस अघि नै रारा जोडियो । आहा रारा गोल्डकपले पनि उस्तै संकटकै अवस्थामा पुग्यो । भुकम्पले जर्जर पोखरा रंगशालाको प्यारापिट राष्ट्रिय खेलकुद परिषदले भत्कायो । भत्काईरहँदा गोल्डकप चल्यो । दर्शक जीर्ण अवस्थामा जोखिमपूर्ण अवस्थामा फुटबल हेरे । त्यसबाट पनि फुटबलप्रतिको दर्शकको मोह प्रष्ट झल्किन्थ्यो । क्लबको प्रयासलाई दर्शकले समेत साथ दिए । भत्काईएपछि निर्माणाधिन प्यारापिटमा समेत दर्शक अपेक्षा भन्दा कम राखेर फुटबल चलायो ।
एकपछि अर्को चुनौति व्यहोर्दै आएको क्लबले पछिल्लो तीन वर्ष कोभिडको संक्रमणबाट अछुतो रहन सकेन् । २०७६ सालको चैतमा गोल्डकप टुग्याउँदा कोभिडको लहर देखा परिसकेको थियो । एकखाले त्रास छाएको थियो । २०७७ मा कोभिडको दोस्रो लहरले सबै क्षेत्र तहसनहस जस्तै भएको थियो । २०७८ मा आईपुग्दा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पाईलैपिच्छे देखा पर्यो । स्वास्थ्य मापदण्ड, भौतिक दुरी कायमसँगै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा दर्शकविहीन फुटबल खेलाउनुपर्ने बाध्यतात्मक अवस्थाबाट प्रतियोगितालाई समापन गर्यो ।
बीस वर्षे यात्रामा आधाजसो तनाबैतनाबबाट प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताबाट प्राप्त बचत रकमले कठिन परिस्थितिका विपन्न बालकलाई फुटबलर बनाउने अभियानमा सघंर्ष गर्दै आएको छ । तेस्रो व्याचलाई आफनै आवाससहितको एकेडेमीमा राखेको छ । ‘मुख्य प्रायोजक हिमश्री फुड्ससँगको २० वर्षे सम्झौता सकिएको छ । अब नयाँ सम्झौताको छलफलमै छौं ।’क्लबका महासचिव रामजीप्रसाद अधिकारीले भने–‘फुटबल विकासमा हिमश्री फुड्सले गरेको सहकार्यले फुटबलमा मात्रै नभई पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।’
२१ औं संस्करण कत्तिको चुनौतिपूर्ण हुन्छ त्यो भने बाँकी नै छ ।
हिमश्री फुड्सले सम्झौतालाई फेरी तेहर्याउनेमा क्लब विश्वासी छ । आहाबाट आहा रारा हुदैं टुंगिएको गोल्डकपको २० वर्षे यात्रा नयाँ शिराबाट शुरु हुने अपेक्षा गरिएको छ । ‘हिजो जटिल परिस्थितिमा सम्झौता गरेर फुटबल विकासमा अहम भूमिका हिमश्री फुड्सले खेल्यो । त्यसले नेपाली फुटबललाई धेरै हदसम्म गुन लगायो ।’ उनले थपे–‘प्रायोजनले हिमश्री फुड्सलाई पनि प्रतियोगिता मार्फत माईलेज पुग्यो भन्ने अपेक्षा हाम्रो छ ।’ व्यवसायिक घरानाले पोखरामै आयोजना हुने गोल्डकपलाई मुख्य प्रायोजन गर्दै अपनत्व लिनु दायित्व र जिम्मेवार समेत भएको फुटबलप्रेमी बताउँछन् । फुटबल प्रेमीको बुझाईमा हिमश्री फुड्सले सम्झौतालाई नविकरण गर्दै अझ गुणस्तरीय र व्यवसायिक बनाउने अपेक्षा गरिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…