
धनगढी-धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर(१९ क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन्। प्रतियोगितामा दुवै टिमको यो दोश्रो खेल खेल्दा दोश्रो जित हो।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गर्यो।खेलमा सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।
एभरेस्ट एकेडेमीको लागि रितिक थापाले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै कृष ऐरले अविजित २९ रन बनाए। रितिक र कृषले पाँचौ विकेटको लागि अविजित ६० रनको साझेदारी गरे। सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १०३ रन बनाएको थियो। उसको लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए। एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दिपक रोकायाले समान दुई विकेट र कृष ऐरले एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच गोविन्द बिस्ट घोषित भए।
दिनको दोश्रो खेलमा सत्यवती एकेडेमीले बिद्याभुसन पब्लिक स्कुललाई ४ विकेटले पराजित गर्यो। विद्याभुसनले दिएको १२२ रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो।
सत्यवतीको लागि अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै सुजन गौतमले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए। आदील अन्सारीले १८ रन योगदान दिए। विद्याभुसनको बलिंगमा कप्तान शेर मल्लले दुई विकेट तथा बिरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको विद्याभुसनले १९।१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनएको थियो। उसको लागि ओपनर प्रदिप चन्दले सर्वाधिक ३४, बिरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर अर्जुन साउदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके। सरस्वति एकेडेमीका बलर सन्दिप खत्रीले सर्वाधिक तिन विकेट लिंदा आदील अन्सारी, निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए।
खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए। प्रतियोगिता अन्तर्गत बिहिबार दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९स्३० बजे होलिल्याण्ड र शारदा सरस्वति स्कुल तथा दिनको दोश्रो खेलमा दिउँसो १स्३० बजे लिटल फ्लावर र स्टेपिंग स्टोन स्कुल प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…