
पोखरा-विश्व कार्कीको खराब बलिङ गरेपछि नवलपुरमा आयोजित प्रथम मेयरकप टी-२० क्रिकेट प्रतियोगितामा सोमबार चितवनसँग कास्की ११ रनले पराजित हुदैं बाहिरिन पुगेको छ । कार्कीले आफनो पुरै चार ओभरमा ५० रन खर्चिए । ७ रन वाईड मार्फत दिए । उनको खराब बलिङकै कारण १३१ रनको चुनौति पछ्याउन बाध्य बन्यो । १३२ रनको चुनौति पछ्याएको कास्की भने १२० रनमा समेटिदैं बाहिरन पुग्यो ।
ओपना मुस्कान थापाले उत्कृष्ट व्याटिङ गरे । अर्का ओपनर ऋतिक थापालाई ७ रनमै गुमाएको कास्कीलाई मुस्कान र अनिल गुरुङले सम्हालेका थिए । अनिल र मुस्कानले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी निभाए । अनिल २६ रनमा आउट हुदाँ कास्की थप संकटमा पर्यो । ३१ बल खेल्दै २ चौका र १ छक्का हिर्काए । मुस्कानले ३५ रन जोड्ने क्रममा ४३ बल खेले । उनले ४ चौका र १ छक्का हिर्काए । अभिषेक थापाले सातौं नम्बरमा आएर १६ र जोडे । ९ बल खेल्ने क्रममा २ छक्का प्रहार गर्दै प्रतिस्पर्धात्मक बनाए । तर तल्लो क्रमका व्याटरको उल्लेख्य योगदान रहेन् ।
कप्तान विपिन खत्री २ रनमा एलबी डब्लुको धरापमा परे । उनी दिपेश श्रेष्ठको बलमा आउट भए । विधान श्रेष्ठ ७ रनमा ९ रनमा क्याच आउट भए । उनी कृजन गुरुङको बलमा क्याच भएपछि कास्कीको व्याटिङ धर्मराउन थालिसकेको थियो । उनी भन्दा अधि अमृत गुरुङ पनि कृजन गुरुङकै बलमा बोल्ड भएपछि जितको लक्ष्य पछ्याउन कास्कीलाई सकस परेको थियो ।
चितवनका गौतम केसीले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिएर ३ विकेट लिए । सुजन चापागाँईले २४ रन र दिपेश श्रेष्ठले अविजित २५ रनको योगदानमा चितवनले कास्कीलाई १३२ रनको चुनौति पेश गरेको थियो । कास्कीका सुवास भण्डारीले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…