
काठमाडौं मार्च दोस्रो साताबाट हुने विश्व क्रिकेट लिग टु अन्तर्गतको क्रिकोणात्मक शृंखलाको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले जित यात्रालाई दोस्रो खेलपनि मंगलबार निरन्तरता दिएको छ ।
नेपालले मंगलबार नेभीलाई ८२ रनले पराजित गरेको हो । सोमबार पहिलो खेलमा नेपालले नेभीलाइ एक सय ११ रनले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दिपेन्द्रले सर्वाधक ४३ रनको योगदान गरेका थिए ।
नेपालले प्रस्तुत गरेको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय ५ रनमा सीमित भयो । नेभीले रन खाता नखोल्दै ओपनर मायान्था वारुनालाई पहिलो विकेटको रूपमा गुमायो ।दोस्रो विकेटका लागि डायस र नुवान्था केसराले ४९ रनको साझेदारी सहित नेभीको इनिङ सम्हाल्ने संकेत गरेका थिए ।
तर १४आंैं ओभरको पाँचौ बलमा नुवान्था पवेलिन फर्किएपछि भने नेभीको इनिङ धरमराएको थियो । नुवान्थाले ४९ बलमा ५ चौका मद्दतमा ३४ रनको योगदान गरे । त्यस्तै डायसले १४ रन बनाए । त्यसपछि ब्याटिङका लागि आएका गुरुसिंंहाले ४१ बलमा १ चौका र २ छक्का मद्दतमा २४ रन जोडे । ४९–२ को स्थितीमा रहेको नेभीले थप ६६ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।
नेपालका लागि पवन सराफले ५ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दिपेन्द्रले २ तथा कप्तान सन्दिप लामिछाने, कुशल भुर्तेल र विक्रम सोबले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि नेपाल ४३.४ ओभरमा १ सय ९६ रनमा सीमित भएको थियो । ३ रन जोड्दा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले थप ५ रन जोड्दा अर्को ओपनर कुशल भुर्तेललाई पनि गुमायो ।२८ रन जोड्दा रोहित कुमार पौडेललाई तेस्रो विकेटको रुपमा गुमाएको नेपाल थप ४ रन जोड्दा विनोद भण्डारीलाई पनि गुमाएपछि ३२–४ को कठिन स्थितीमा पुगेको थियो ।
पाँचौ विकेटका लागि पवनले ४८ रनको साझेदारी गरेका दिपेन्द्रले छैटौ विकेटका लागि भिम सार्कीसँग ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।
दिपेन्द्रले ७९ बलमा ५ चौका र १ छक्का मद्दतमा ६५ रनको योगदान गर्दा भिमले४२ बलमा १ चौका मद्दतमा ३० रन जोडे । त्यस्तै विवेक यादवले २६ र पवनले २२ रन बनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…