
पोखरा-युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताएका छन् ।
‘निर्वाचन आचारसंहिताले प्रभावित नबनाउने चैतमा सम्पन्न गर्न सकिन्छ कि भन्ने थियो । तर खेल सामाग्री खरीद गर्न कार्यविधि तयार हुदै गरेकोले निर्वाचन पछि आयोजना गर्ने तयारीमा छौं ।’ सञ्चारकर्मीसँग बोल्दै खेलकुद मन्त्री गहतराजले भने–‘प्रधानमन्त्रीसँग सैद्धान्तिक सहमति अनुसार जेठको पहिलो साता गर्ने तयारी गरिएको छ ।’ उनका अनुसार खेलकुदलाई निर्वाचन आचारसंहिताले प्रभावित बनाउन नहुने भएपनि निर्वाचन लगत्तै राष्ट्रिय प्रतियोगता आयोजना गरिने छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अघि पोखरामा पौडी पोखरी बन्ने सम्भावना नरहेको मन्त्री गहतराजले उल्लेख गरेका छन् । मन्त्री गहतराजले पोखरा रंगशाला अवलोकनपछि राष्ट्रिय खेलकुदमा समावेश भएका अधिकांश खेल पोखरामै गर्ने जनाउँदै स्वीमिङ रंगशाला बाहिर र सुटिङ काठमाडौं आयोजना गरिने स्पष्ट पारे । पोखरामा नवौंको लागि पौडी पोखरी र सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको विवादको विषयमा पनि मन्त्री गहतराजले अहिलेको अवस्थामा तत्कालै देखिएका समस्या समाधानको लागि परिषदकै कर्मचारीलाई दिइएको बताए । सदस्य सचिव रमेशकुमार सिलवाल र नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । मुद्धाको पेशी सर्दै गएको छ । ‘हिजोको अवस्था फरक थियो । अहिलेको परिस्थिति फरक छ ।’ सदस्य सचिवको विवादको विषयमा घुमाउरो पारामा मन्त्री गहतराजले भने–‘एउटा गाडीको पाटपुर्जा अर्को गाडीमा अटाउँदैन् ।’ सदस्य सचिव मेजर ईश्यु होईन् भएको भन्दै उनले रातदिन काम गरेर भएपनि राष्ट्रिय प्रतियोगिता गर्ने तर्फ ध्यान गएको स्पष्ट पारे ।
पोखरामै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । साग गेम्सकै लागि आवश्यक पूर्वाधार तयार गरिएको उल्लेख गर्दै उनले भएका पूर्वाधार निर्माण पुरा गर्न आगामी बजेटमा समावेश गर्नुपर्छ । खेलकुद आफनैंमा पर्यटनसँगै उद्योग एवं आर्थिक क्रियाकलापको ठूलो क्षेत्र भएकोले राष्ट्रिय खेलकुद आयोजना गरिने उल्लेख गरे । आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल सामाग्री खरीद गर्न कार्यविधि तयार पार्न उपाध्यक्ष शिव कोईरालाको संयोजकमा समिति गठन गरिएको मन्त्री गहतराजले बताए । कार्यविधि तयार भएपछि खेल सामाग्री खरीद गरिने उल्लेख गरे ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…