सृजना कप भलिबल, छात्रतर्फ शान्ता र मेश्रम बराह तथा छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित


पोखरा-पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम बराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच पाधि भिडन्त हुने भएको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् । त्यस्तै, छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यबासिनी माविलाई पराजित गर्दै उपाधि भिडन्तका लागि भेट पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आईतबार विहान तेश्रो स्थानका लागि छात्रतर्फ कालिका मावि र ईन्द्रराज्य मावि तथा छात्रातर्फ भद्रकाली मावि र विन्ध्यबासिनी मावि आमनेसामने हुनेछन् । आईतबार भएको छात्रतर्फ सेमीफाइनल खेलमा मेश्रम वराह माविले कालिका माविलाई २३–२५, २५–२१, १५–२५, २५–१५ र ११–१५ को सेटमा पराजित ग¥यो । अर्को खेलमा शान्ता माविले ईन्द्रराज्यलक्ष्मी माविलाई २५–२१, २५–२० र २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।

छात्रातर्फको सेमीफाइनल खेलमा लक्ष्मी माविले भद्रकाली माविलाई २५–१८, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । अर्को खेलमा शान्ता माविले विन्ध्यबासिनी माविाई २५–१८, १३–२५, २५–१८ र २५–१६ को सेटमा पराजित गर्दै फाइनलमा पुग्यो । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।