
पोखरा-पोखरामा पहिलो पटक सहभागिता जनाएका अजितकुमार यादवले पुरुष तर्फको १० किलोमिटर दौडको उपाधि जितेका छन् । नेपाल भूतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १० किलोमिटर पुरुष दौडमा यादवले ३० मिनेट ४५.२० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । महिला तर्फको उपाधि काठमाडौंकी सरस्वती बोहोराले आफनो नाममा लेखाईन् । बोहोराले उपाधि जित्न ३९ मिनेट ३५.२० सेकेण्डको समय लगाईन् ।
स्याङजाका युवराज थापा दोस्रो भए । काठमाडौंका टंकबहादुर कार्की तेस्रो स्थानमा रहे । १४०० जना पुरुष धावकहरुको बीचबाट थापाले ३२ मिनेट ५०.३० सेकेण्डको समय लगाए । कार्कीले ३३ मिनेट ५.५० सेकेण्डको समय लगाउँदै कास्य पदकमा चिक्त बुझाए । महिला तर्फ ६० जना धाविका प्रतिस्पर्धा उत्रिएका थिए । शसस्त्र प्रहरी बलकी आशा रावतले दोस्रो स्थानमा आउन ४० मिनेट १०.४० सेकेण्डको समय लगाईन । पोखराकी गोमा पुनले ४३ मिनेट ५९.४० सेकेण्डमा पार गर्दै कास्य पदक जित्न सफल भईन् । विजेता खेलाडीहरुले २०, १५ र १० हजार नगद प्राप्त गरे ।
५ किलोमिटर दौड छात्र तर्फको प्रतिस्पर्धामा पर्वतस्थित थापाठाना माविका आनन्द थापाले १७ मिनेट ५.०८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । पर्वतकै कालीगण्डकी एकेडेमीमा अध्ययनरत छात्र कृष्णबहादुर परियारले १७ मिनेट २७.९० सेकेण्डमा पुरा गर्दै रजत पदक र मण्डलीमावि गोरखाका सुरज बरामले १७ मिनेट ४१.४० सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते । छात्र दौडमा १२ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
५ किलोमिटरकै छात्रा दौडमा भानु सेकेण्डी तनहुँकी नम्रता गुरुङले २२ मिनेट ५०.३० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यसैगरी छोरेपाटन मावि पोखराकी नारायणी भण्डारीले २३ मिनेट ३.१० सेकेण्डमा पुरा गर्दै रजत र भानु सेकेण्डरी तनहुँकी सन्ध्या अधिकारीले २३ मिनेट २०.३० सेकेण्डको समयमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । छात्रा तर्फ ८ सय ५० जनाले सहभागिता जनाएका थिए । विजेता छात्र तथा छात्राले १०, ७ र ५ हजार रुपैयाँ नगद प्राप्त गरे ।
त्यसैगरी दृष्टिविहीन पुरुष दौडमा देव क्षत्री, आदर्श बस्याल, सुनिल रानामगर, महिला तर्फ विनिता पुन, माया गौतम र प्रतिक्षा लामिछाने क्रमश प्रथम, द्धितीय र तृतीय भए । ह्वीलचियर दौड पुरुष तर्फ सुरेश गौली, जीवन श्रेष्ठ र भरत अधिकारी प्रथम द्धितीय र तृतीय हुदाँ महिला तर्फ अन्जु बराल, धना मगर र लक्ष्मी सुनार क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।
भूतपुर्व खेलाडी मञ्चलेल फागुनको पहिलो शनिबार अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गरेको थियो । कोभिडकै कारण मञ्चले दौडलाई दुईचरणमा गर्ने योजना अनुसार १० किलोमिटर र ५ किलोमिटर दौडलाई एकमहिना पछि सारिएको थियो । दौड विजेतालाई मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, प्रा.डा भगवान कोइराला, गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…