
पोखरा-सुदुर पश्चिमको धनगढीमा आयोजित सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडी तथा अफिसियललाई सम्मान गर्दै प्रदेश सरकारबाट नगद पुरस्कार प्रदानगर्ने घोषणा समेत गरे ।प्रदेश सरकारले विजेता खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने बताए । ‘गण्डकी प्रदेशको सान उच्च बनाउन खेलाडीले खेल्नुभएको भूमिकालाई उच्च कदर गर्दै प्रदेश सरकारले प्रति खेलाडी ५० हजार नगद पुरस्कारबाट प्रोत्साहन गर्ने छ ।’ मन्त्रालयमा आयोजित सम्मान समारोहमा अर्थमन्त्री बरालले भने ।
गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेर फर्किएको टोलीलाई सम्मान गर्दै मन्त्री बरालर्ल खेलकुदबाटै समृद्धिको परिकल्पना गर्न सकिने हुदाँ खेलकुद केवल खेल्ने मात्रै नभई आर्थिक चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे । आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले खेलकुदको क्षेत्रमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश अर्थ समितिका संयोजक दिपक कोइरालाले खेलकुद विकासको लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । उनले खेलाडीलाई खेलकुदमै टिकाउन कठिनाई भएको बताए । उनले खेलाडीहरु विस्तारै पलायन हुन भन्दै युवा पुस्ताको खेलकुदमा निरन्तरताको खाँचो औल्याउ । ‘उमेर समूहबाट विस्तारै युवा पुस्तामा पुगेपछि खेलाडीहरु पलायन हुदैं गएका छन् । त्यसलै निरन्तरताको खाँचो छ ।’ उनले भने–‘खेलाडी टिकाउनै मुश्किल छ । त्यसको लागि दीर्घकालिन योजना बनाउनु आवश्यक छ ।’
गण्डकी प्रदेशका युवा तथा खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले कम लगानीमा खुशीयाली दिने एकमात्र क्षेत्र खेलकुद भएको उल्लेख गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटिङ गर्नुपर्ने बताए । उनले खेलकुदले नै विभेद हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘खेलकुदको राजधानी गण्डकी प्रदेशकै पोखरामा खेलाडी उत्पादन कम छ ।’ उनको भनाई थियो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजुले पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन प्रदेश सरकारले चासो दिनुपर्नेमा जोडदिए । उनले पोखरा–३३ पशुपति घाटस्थित छुट्टाइएको जग्गामा प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनिसकेको अवस्थामा पनि बनाउन अग्रसरता नदेखाउँदा मैदान बन्न नसकेकोप्रति गुनासो गरे ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…