
मनाङ-मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन् । झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए ।
दोस्रो स्थानमा कर्मटासी गुरुङ, तेस्रो स्थानमा कर्माक्षेत्र गुरुङ आउँदा कुमार गुरुङ चौथो स्थानमा रहे । घोडा दौड विजेताले नगद ७५ हजार पाउँदा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले हिमाली जिल्लाको साँस्कृति एवं पराम्परागत खेलको संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित वार्षिक कार्यक्रम बनाउँदै पहिलो पटक आयोजना गरिएको थियो ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उदघाटन गर्दै मौलिक सँस्कृति समेत जगेर्ना गर्दै परम्परागत खेललाई सँस्कृतिसँग जोड्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको संयोजक एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले प्रदेशमा खेलिने पम्परागत खेललाई संंरक्षण गर्नुपर्नेमा जोड दिदैं सँस्कृतिलाई जगेर्ना गर्नु सबैले सहयोगी भूमिका खेल्नुपर्ने बताए ।
घोडा दौडसँगै परम्परागत तारा खेल प्रतियोगितामा प्रदेशका ६ जिल्लाका ३६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । मुस्ताङ, म्याग्दी, कास्की, पर्वत, बाग्लुङ र मनाङ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संयोजक शेचरनले बताए । तारा खेलमा विजेता टिमले नगद ५०, ३० र २० हजार रुपैयाँ र व्यक्तिगत तर्फ सर्वोत्कृष्ठ धनुधरलाई नगद ५ हजार, बेष्ट खोल हान्ने(बिशिष्ट धनुधर)लाई नगद ३ हजार प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…