
पोखरा-जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
पोखरा–१४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ ।
जनएकता क्लब उदघाटन खेलमा स्थानीय मेरो नेपाल युवा क्लबसँग ३–२ गोल अन्तरले पराजित हुन पुग्यो । जनएकताका लागि सविन गुरुङ र रोशन न्यौपानेले गोल गरेका थिए । मेरो नेपालको लागि विनय सुनार, विनय थापा र अर्जुन खत्रीले गोल गरेका थिए ।
प्रतियोगितामा ४६ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले उदघाटन गरेका थिए । प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।
उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई नगद ३÷३ हजार रुपैयाँ प्रदान गरिने छ । क्लबको अध्यक्ष बेवबृजन खड्काको अध्यक्षतमा भएको उदघाटन समारोहमा सचिव घनश्याम अधिकारी(श्याम)ले कार्यक्रम सञ्चालन गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…