
धावकहरु दौडिदैं । तस्बिर फाईल
पोखरा-आगामी जेठ २८ गते शनिबार पोखरा रंगशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका धावकहरु दौडिने छन् । उनीहरुबाटै ४० जना धावकलाई ट्यालेन्ट हन्टको रुपमा छनोट गरेर प्रशिक्षण शुरु गरिने छ । १८ वर्षमुनिका धावकहरुको खोजी अभियानमा गण्डकी प्रदेश खेलकुद परिषद जुटेको हो । परिषद ट्यालेन्ट हन्ट अन्तर्गत एथलेटिक्सलाई पहिलो प्राथमिकतामा राखेको छ ।
एथलेटिक्स अन्तर्गत छोटो र लामो दुरीको दौडमा प्रतिस्पर्धा गराई ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गरिने परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले बताए । ‘सबै खेलको ट्यालेन्ट हन्टको योजना छ । तर पाईलट प्रोजेक्टको रुपमा एथलेटिक्सलाई रोज्यौं ।’ सदस्य सचिव गुरुङले भने–‘बजेट कम छ । पहिलो फेजमा एथलेटिक्सलाई प्राथमिकतामा राख्यौं ।’ उनले ट्यालेन्ट हन्ट मार्फत छनोट भएका खेलाडीलाई आवासिय सुविधासहित प्रशिक्षण गराईने सुनाए ।
एथलेटिक्समा धेरै विधा छन् । ती मध्ये छोटो दुरीको २ सय ४ सय, ८ सय, ३ हजार र ५ हजार मिटर दौड छन् । त्यसपछि १० हजार र म्याराथनको दौडमा ट्यालेन्ट हन्टको खोजी गरिने छ । त्यतिमात्रै नभई हर्डल्स तथा ट्रिपल चेजमा समेत खेलाडी छनोट गरिने छ । ‘खेलाडीले निकालेको समयको आधारमा छनोट गरिने छ ।’ उनले भने–‘गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ४० जना खेलाडी छनोट गरिने छ ।’
उनका अनुसार १८ वर्षमुनिका खेलाडीहरु छनोट गर्ने हो । विद्यालयस्तरदेखि नै ट्यालेन्ट हन्ट मार्फत खेलाडी उत्पादन गर्ने लक्ष्य छ । १८ वर्षमुनिका दशजोड दुईको परीक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गरिएको छ । छनोट भएका खेलाडीलाई केहीदिन पोखरामै प्रशिक्षण गराईने छ । त्यसपछि सम्बन्धित जिल्लामा प्रशिक्षकको गाईडलाईनमा प्रशिक्षण गर्ने उनको भनाई थियो । ‘खेलाडीहरुलाई निश्चित दुरी दौडान्छ । त्यसपछि मात्रै छनोट गरिने छ ।’ उनको भनाई थियो ।
खेलाडीहरुलाई एथलेटिक्स प्रतिको लगावसँगै छोटो र लामोदुरी कुन इभेण्टमा फिट हुन्छन् त्यो प्राविधिकले हेरेर तय गर्ने उनले बताए । अहिले खेलाडीहरु आफनै मुडेबलमा दौडिने गरेको उल्लेख गर्दै ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरुलाई आधारभूत तालिम दिईने उनले बताए । ‘अहिले क्लोजक्याम्प गर्न सकिदैन् । तर राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रशिक्षण गराइने छ ।’ उनको भनाई थियो । ट्यालेन्ट हन्टको लागि प्रदेश खेलकुद परिषदले १५ लाख रुपैयाँ खर्च छुट्टाइएको उल्लेख गर्दै उनले एथलेटिक्सको ट्यालेन्ट हन्टको लागि १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…