पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २२ गते २०७९ मा प्रकाशित


पोखरा-नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा ‘तेस्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा सिनियर तथा जुनियर महिला÷पुरुषमा प्रतिस्पर्धा गराईने छ ।

गतवर्ष आयोजन ागर्ने तयारी गरिएको प्रतियोगिता कोभिड–१९ले पछि धकेलिएको हो । विश्व तेक्वान्दो संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगिताको लागि आवश्यक तयारी पोखरामा शुरु गरिएको छ । प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ । यस अघि काठमाडौंमा दुई संस्करण प्रतियोगिता आयोजना गरिएको थियो ।

जुनियरमा महिला र पुरुष तर्फ १०÷१० वटा तौल समूहमा प्रतिस्पर्धा गराईने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।सिनियर तर्फ महिला र पुरुषको ८÷८ वटा तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिलाहरुको ४६, ४९, ५३, ५७, ६२, ६७, ७३ केजी र ७३ केजी माथिको तौल समूहमा प्रतिस्ष्पर्धा हुने छ । पुरुष तर्फ ५४, ५८, ६३, ६८, ७४, ८०, ८७ र ८७केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए ।

प्रतियोगितामा २५ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका मुल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङका अनुसार पाँच दिनदिने प्रतियोगितामा १ हजार ५ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताको लागि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संरक्षकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

प्रतियोगितामा १८ वर्ष माथिको उमेर समूहले प्रतिस्पर्धा गर्न पाउने छन् । १८ वर्षको उमेर समूहले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्न पाउने मुल आयोजक समितिका सदस्य सचिव गुरुङको भनाई थियो । प्रतियोगिताको लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पोखरामा कोभिड–१९ अघि कास्की जिल्ला तेक्वान्दो संघको सक्रियतामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा ७२ बाउट प्रतिस्पर्धा हुने छ । खेलाडीको संख्या अझै बढ्ने विश्वास संघले लिएको छ ।