
पोखरा-नेपाल भलिबल संघले आगामी असार १० गते भित्र प्रदेश र जिल्ला अधिवेशन सक्ने भएको छ । संघको गण्डकी प्रदेशको राजधानी पोखरामा बसेको बैठकले प्रदेश र जिल्ला शाखाहरुको अधिवेशन असार १० गते भित्र सक्ने निर्णय गरेको हो । बैठकले पश्चिमाञ्चल भलिबल संघलाई प्रदेश भलिबल संघमा रुपान्तरण गर्ने निर्णय गरेको छ । संघीयता आएको पाँच वर्षसम्मपनि क्षेत्रीय भलिबल संघको रुपमा रहेको समितिलाई संघीयताको मर्म अनुसार प्रदेश समितिको रुपमा अपग्रेड गर्ने निर्णय गरेको हो । संघले पदावधी सकिएको दुई वर्षपछि नया खेलकुद ऐन कार्यान्वयन गर्दै निर्वाचन प्रक्रिया शुरु गरेको हो ।
बैठकले जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न सात प्रदेशका उपाध्यक्षहरुलाई सम्बन्धित प्रदेशमा संयोजन गर्ने जिम्मेवारी तोकेको छ । जस अनुसार प्रदेश नम्बर १ मा मदन खड्का, मधेश प्रदेशमा उपेन्द्र यादव, वागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकी प्रदेशमा याम गुरुङ, लुम्विनी प्रदेशमा निरोज मास्के, कर्णाली प्रदेशमा ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा हर्कसिंह धामीलाई संयोजक तोकिएको छ ।
बैठकले संघका पूर्व अध्यक्ष गंगाबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय विधान संसोधन सुझाव समिति गठन गरेको छ । समितिको सदस्यमा संघका केन्द्रीय सदस्य द्वय रामचन्द्र भण्डारी र रोसन श्रेष्ठ रहेका छन् । समितिले विधानमा संसोधन गर्न आवश्यक बुँदाहरु तयार पारेर संघलाई बुझाउनेछ । प्रदेश स्तरमा छलफल गरेर आवश्यक पर्ने विधान संसोधन सम्बन्धि बुँदाहरु असार १० गते भित्र संघको केन्द्रीय समितिलाई बुझाई सक्नुपर्ने संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
बैठकले प्रदेश र जिल्ला अधिवेशन सम्पन्न भएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृति लिएर संघको केन्द्रीय अधिवेशनको मिति तोक्ने अध्यक्ष गुरुङले बताए । बैठकले नेपालमा आयोजन गर्ने भनिएको साउथ एसियन महिला भलिबलको उपयुक्त समय हेरेर मिति तय गर्ने निर्णय गरेको छ । यो प्रतियोगिता नेपालले सन २०२२ भित्रै सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । यस वर्ष आयोजना हुने राष्ट्रिय खेलकुद र निर्वाचनको समय नजुध्नेगरी प्रतियोगिता गर्नेगरी मिति तोक्ने बैठकले निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।
बैठकले छैटौं आरबिबि एनभिए प्रतियोगितामा भएको विवाद छानविन गर्न महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा चार सदस्यीय विवाद छानविन समिति गठन गरेको छ । समितिको सदस्यमा श्रीराम बोगटी, जितेन्द्र श्रेष्ठ र मानबीर छन्त्याल रहेका छन् । बैठकले विवादमा मुछिएका क्लव, रेफ्री र खेलाडी सबैसँग स्पष्टिकरण लिने निर्णय गरेको छ । स्पष्टिकरण हेरेर आवश्यक कारवाही गर्नुपर्ने भए प्रक्रिया अगाडि बढाउनेपनि बैठकले निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…