
हेटौंडा- मकवानपुर गोल्डकपको अन्तिम क्वार्टरफाइनल भिडन्तमा बिहीबार क्यामरुनले चर्च ब्वाइजलाई ४–० ले हराएको छ । चारै गोल पहिलो हाफमा भएको थियो । आठौं मिनेटमा बिल्लेको गोलमार्फत् एभिनियले अग्रता लिएको थियो । २७ मिनेटमा टिम्बा टिम्बाले अग्रता दोब्बर बनाए । उनले हाफभलीमार्फत् उत्कृष्ट गोल गरेका थिए ।
३५ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई छक्याउ“दै एब्डेलले गोल गरे । ४० औं मिनेटमा सेमसेमको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रस्तुत गरेको थियो । यसअघि हेटौंडामा जारी मकवानपुर गोल्डकपमा बिहीबार विहान भएको खेलमा घरेलु टोली विजय युथ क्लबले शानदार जित हासिल गर्दै सेमीफाइनल प्रवेश गरेको छ । क्लबले नवजनजागृति युवा क्लब सिमरालाई ३–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो भने दोस्रो हाफमा मिनेटमा विजय युथका अमिर श्रेष्ठ, १९ औं मिनेटमा सञ्जोग राई र अतिरिक्त समयमा सुनिल घलानले गोल गरेका थिए ।
अमिरको प्रहार सिमराका गोलरक्षक दिलमणि चौधरीको हातमा लाग्दै गोल भएको थियो । सञ्जोगले अग्रता दोब्बर पारे । बिमल रानाको प्रहारलाई सिमराका गोलरक्षकले पञ्च गरेको बललाई राईले पोष्टको दिशा दिएका हुन् । निर्धारित समयको अन्तिम मिनेटमा विजय युथले गोलअन्तर बढाउने मौका खेर फाल्यो ।
सिमराका डिफेण्डरले अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले पोष्टको दिशा दिन सकेनन् । अतिरिक्त समयमा विजय युथका सुनिल घलानले डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सिमराले केही राम्रा मौका पाए पनि विजय युथका डिफेण्डर पेपे, दीपजंग कार्की र गोलरक्षक अशोक बराल बाधक भएका थिए । खेलको म्यान अफ दी म्याच सुनिल घलान घोषित भए । उनले नगद १० हजार रुपिया“ प्राप्त गरे ।
यससँगै हेटौंडामा फाइनल प्रवेशका लागि शुक्रबार नेपाल पुलिस क्लबस“ग भिड्नेछ । सिमराका प्रशिक्षक मुन्ना चौधरीले पहिलो हाफ धेरै राम्रो खेले पनि दोस्रो हाफ सोचे जस्तो नभएको प्रतिक्रिया दिए । ‘स्कोर ननिस्कि“दा ब्याडलक देखियो,’ उनले भने । विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फिनिसिङ नहुँदा गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको प्रतिक्रिया दिए । श्रेष्ठले भने–कमीकमजोरी सुधारेर सेमीफाइनल खेल्नेछौं ।
३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख रुपिया“ प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विधागत् उत्कृष्ट खेलाडीलाई २५ हजार रुपिया“ र हरेक खेलमा म्यान अफ दी म्याच खेलाडीलाई १० हजार रुपिया“ प्राप्त हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…