
पोखरा-कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाँउपालिकाले जितेको छ । आईतबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा अन्नपूर्ण गाँउपालिकालाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता तीन हप्ता रोकिएको थियो । संघका अध्यक्ष भीम पराजुलीका अनुसार रुपा गाँउपालिकाका खेलाडी विरुद्ध उजुरी परेपछि प्रतियोगिताको फाईनल खेल स्थगित भएको थियो । झण्डै तीन साता रोकिएको खेललाई संघ र महानगर समितिले छानविन गरेपछि फाईनल खेल टुग्याईएको थियो ।
फाईनलमा अन्नपूर्णलाई पहिलो सेटमा २९–२७ को सेटमा पन्छाएको थियो । तर दोस्रो सेटमा भने अन्नपूर्णले कमब्याक गर्यो । कमब्याक गर्दै २३–२५ को सेटमा अन्नपूर्णले आफनो पक्षमा पार्यो । तेस्रो सेटमा रुपाले अन्नपूर्णमाथि २५–२२ले पन्छाउँदै अग्रता बनायो । चौथो सेटमा अन्नपूर्णले खेलमा फर्किदै सेट बराबरी गर्दै निर्णायक सेटसम्म धकेल्यो । चौथो सेटमा २०–२५ मा आफनो पक्षमा पारेपछि पाँचौसेटसम्म पुग्यो । अन्तिम सेटमा रुपाले अन्नपूर्णमाथि १५–११ को सेटमा पन्छाउँदै उपाधि उचाल्यो ।
प्रतियोगितामा विजेता रुपा गाँउपालिकाले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको अन्नपूर्ण गाँउपालिकाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो स्थानमा माछापुच्छ«े गाँउपालिका रहँदै नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा रुपा गाँउपालिकाका सन्जोग गुरुङ उत्कृष्ठ खेलाडी घोषित भए । अन्नपूर्ण गाँउपालिकाका सचिन नेपाली उत्कृष्ठ स्पाईकरको पुरस्कार पाउँदा रुपाकै बलराम गुरुङ उत्कृष्ठ सेटर घोषित भए । अन्नपूर्णका आकाश घमाल उत्कृष्ठ ब्लकरबाट पुरस्कृत भए । उत्कृष्ठ सर्भर माछापुच्छ«े गाउँपालिकाका मनोज खड्का र उत्कृष्ठ डिफेण्डरमा पनि माछापुच्छ«े गाँउकै पारसमान गुरुङ घोषित भए । उनीहरुले नगद ५÷५ हजार रुपैयाँ नगद प्राप्त गरे ।
प्रतियोगितामा विजेता टोलीलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगायतले ट्रफीसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताा कास्कीका चार गाँउपालिका र एक महानगरका गरी ९ टोलीको सहभागिता रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…