
file pic
पोखरा-नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश छनोट अन्तर्गत रग्वी प्रतियोगितामा गोर्खा जिल्ला कास्की जिल्लालाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२–० को स्कोरले पराजित गरी च्याम्पियन भयो ।
पोखरा–२९, भण्डारढिक स्थित नेपाल आदर्श आवासिय माध्यामिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा तनहुँ जिल्लाले नवलपुर लाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२ स्कोर प्राप्त गरी तृतिय स्थान प्राप्त गर्दा नवलपुरले १ ट्राइ गरी ५ स्कोर गरी स्कोर बिहिन रह्यो
सेमि फाइनल खेलमा कास्कीले नवलपुरलाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२ स्कोर बनाउँदा नवलपुरले १ ट्राइ र १ कन्भर्जन सहित ७ स्कोरमा चित्त बुझायो ।
दोस्रो सेमिफाइनल खेलमा गोर्खाले तनहुँलाइ ५ ट्राइ र ३ कन्भर्जन प्रहार गरी ३१–० स्कोरमा स्तब्ध बनायो । एक मात्र क्वाटर फाइनल खेलमा तनहुँले स्याङ्जालाइ ५ ट्राइ र ३ कन्भर्जन प्रहार गरी ३१–० स्कोरमा स्तब्ध बनायो ।
रग्वी खेल प्रतियोगिता लाइ व्यवस्थापन संयोजक बासु जि.सी र प्रशिक्षक बिराट श्रेष्ठले गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…