
पोखरा-फुल कन्ट्याक्ट करातेतर्फ कास्की जिल्ला टिम च्याम्पियन भएको छ । फुल कन्ट्याक्टतर्फ सम्पन्न प्रतियोगिता बारे जानकारी दिंदै सुवास खड्काले कास्कीले ८ स्वर्ण, २ रजत र २ कास्य सहित टिम च्याम्पियन भएको बताएका छन् । त्यस्तै स्याङजा १ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ उपविजेता र तनहुँ १ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो हुन सफल भएको छ ।
सम्पन्न प्रतियोगितात पुरुष ४५ केजीतर्फ नारायण कार्की कास्की, ५० केजी कास्कीकै अनिश वसढा मगर, ५५ केजीतर्फ पासाङ लामा पर्वत, ६० केजीमा मोसेस कुमाल कास्की, ६५ केजीमा शिव भुजेल कास्की र खुलातर्फ रुपक नेपाली छनोट हुन सफल भएका छन् ।
त्यस्तै महिला ४० केजी तौलमा पुष्प कुंवर स्याङजा, ४५ केजीमा मेनुका अधिकारी कास्की, ५० केजीमा सरगम कुमाल कास्की, ५५ केजीमा धनीराना मगर तनहुँ र खुलातर्फ मेरिना कुंवर छनोट भएका छन् । छनोट हुन सफल पुरुष खुलातर्फ रुपक नेपाली आठौंका स्वर्ण पदक विजेता हुन् भने महिला तर्फ सरगम आठौंकी रजत पदक विजेता हुन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…