
पोखरा- प्रतियोगिता अन्तर्गत सम्पन्न व्याडमिन्टनतर्फ आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट हुन सफल भएका छन् । छनोट हुने पुरुषतर्फ कास्कीका विधान अधिकारी, विशाल खड्का, इशान खड्का, शम्भू श्रेष्ठ, भूगोल गुरुङ, सुजन थापा लम्जुङ र क्षितिज खनाल नवलपुर रहेका छन् । वैकल्पिकमा दिपक राना स्याङजा र स्पनन्दन श्रेष्ठ तनहुँ रहेका छन् ।
त्यस्तै महिलातर्फ दिलाशा राना तनहुँ, तिल मायाँ राना स्याङजा, शितल केसी कास्की, यम कुमारी गुरुङ कास्की र प्रतिमा गुरुङ पर्वत रहेका छन् भने वैकल्पिकमा मेनुका गुरुङ पर्वत र आयुष्मा नेपाल कास्की रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…