
पोखरा-ट्रयाक एण्ड फिल्ड अन्तर्गत ज्याभलिन थ्रो पुरुषतर्फ लमजुङका तीर्थमान तामाङले स्वर्ण पदक जितेका छन् ।
गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामामनाङ्गका विकासबाबु बरामले रजत र लम्जुङका रोनिक तामाङले कास्य पदक हात पारेका छन् ।
त्यस्तै महिलतर्फ तनहुँकी बिनिता सार्कीले स्वर्ण, कास्कीकी सोनु नेपालीले रजत र स्याङजाकी वितिसा रानाले कास्य पदक प्राप्त गरेकी छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…