
पोखरा –प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् ।
पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि उत्कृष्ठ पुनरागमन गर्दै उपाधि उचाल्यो । स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको थियो भने उपविजेता बनेको स्याङजाले रजत पदक प्राप्त गरेको छ ।
पुरुषतर्फ कास्कीले कास्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा कास्कीले पर्वतलाई २५–१७, २९–२७ र २५–२३ ले पराजित गर्दै कास्य पदक जितेको हो ।

यता महिलातर्फ फाइनलमा नेपाली राष्ट्रिय टोलीकी टिम कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले जित्दै स्वर्ण पदक हात पार्न सफल भएको छ । यस अघि भएको सेमीफाइनलमा म्याग्दीले तनहुँलाई सोझो सेटमा २५–११ र २५–१४ ले पराजित गर्दै पर्वत संग भेट पक्का गरेको थियो । रजत पदक विजेता पर्वतले कास्कीलाई २५–२३ र २५–२१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो
यसै गरी महिलातर्फ कास्कीले कास्य पदक हात पारेको छ । कास्कीले तनहुँलाई सोझो सेट २५–१२ र २५–१० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो । विजेता खेलाडी तथा टिमलाई नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्मा, प्रदेश खेलकुद परिषदकी सदस्य शुभ कन्या गुरुङ, गण्डकी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव टहल सिंह थापा मगर, छनोट समितिका संयोजक नारायण भण्डारीलगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…