
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको ह्याण्डबल प्रतिस्पर्धामा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ११–७ गोलको अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक जित निकाल्ने क्रममा अन्जली शाही र संगीता सिंहले समान ५÷५ गोलको योगदान गरे ।
पुरुष तर्फको ह्याण्डबल प्रतिस्पर्धामा बागमतीले मधेश प्रदेशलाई २१–१३ स्कोरले पराजित गर्यो । सोनाम राकेश शेर्पाले बागमताीका लागि सर्वाधिक ५ गोल हिर्काएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…