गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७९ मा प्रकाशित


पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ । यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन् ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडे । लिगको अन्तिम खेल खेलका दुवै टोलीले यस अघि समान ३÷३ खेलमा जित दर्ता गरेका थिए । गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाईनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो ।