एनआरएनको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७९ मा प्रकाशित


पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदानमा बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरेको प्रतियोगितामा गैर आवासिय नेपाली(एनआरएन)ले प्रदेश नं १लाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । एनआरएनले प्रदेश १ लाई २–० को कठिन जित निकाल्यो ।

एनआरएनका लागि सन्जोग राईले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा एनआरएनले दोस्रो हाफमा दोस्रो गोल गर्दै जित पक्का बनायो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै जित सुनिश्चित बनाएका हुन् । सुजल श्रेष्ठ, अनन्त तामाङ लगायतका राष्ट्रिय खेलाडीलाई एनआरएनले उदघाटन खेलमा उतारेको थियो ।