
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी महिला÷पुरुषका खेलहरु शनिबारबाट कासकीको भण्डारढिक खेलमैदानमा शुरु भएका छन ।
शनिबार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी शुरुवात गरेका छन । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशविच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।
४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाईन्ट बनाउन सफल भएको थियो । गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो ।
पुरुषतर्फकै दोश्रो खेलमा लुम्बीनी प्रदेशले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजीत गरेको छ । खेल अवधिभर लुम्बीनी प्रदेशले ४ ट्राईका साथ २० प्वाईन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाईन्टमा मात्रै सिमित हुन पुगेको थियो ।
महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलको एपीएफले विजयी शुरुवात गरेका छन । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको छ । गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाईन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अबधीभर १ ट्राईका साथ ५ प्वाईन्ट मात्रै बनाउन सक्यो ।
यस्तै महिलातर्फको दोश्रो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको शुरुवातमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाईन्ट बनाउँदै जित हासिल गरेको हो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…