आर्मी टिम च्याम्पियन,गण्डकीलाई तीन स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित


पोखरा-त्रिभुवन आर्मी क्लब शारीरिक सुगठनको टिम च्याम्पियन बनेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत को शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मीले ५ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक÷एक स्वर्ण जितेको छ ।

पुरुष तर्फआर्मीले ७० केजी, ७५ केजी, ८० र ८० माथि तौल समूह तथा महिला फिजिक्स तर्फ स्वर्ण पदक जितेको हो । गण्डकीले ५५, ६५ र स्पोर्टस फिजिक्स १७० सेमीमुनीको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको थियो । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित २ रजत र २ कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले ३ रजत र २ कास्य जितेको छ । कर्णाली प्रदेश पदक बिहीन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो । पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए ।

महिला तर्फको फिजिक्स प्रतिस्पर्धामा नेपाल आर्मीका श्वेता कपालीले स्वर्ण पदक जितिन् । रजत पदक भने बागमती प्रदेशकी रोजिना खायामलीले पाईन् । नेपाल पुलिसकी सोनम मुल्गुठीले कास्य पदक जितिन् । त्यस्तै महिला बडिविल्डिङ प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलकी पुजा श्रेष्ठले स्वर्ण, नेपाल आर्मीकी जस्मिन लामाले रजत र प्रदेश १ की रजनी श्रेष्ठले कास्य पदक जितिन् ।