गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन । उनी भारतीय सेनामा कार्यरत हुन् ।

नेपाली सेनाका धावक कृष्ण बस्नेत भने रजत पदकमा चित्त बुझाए । उनले २ घण्टा २३ मिनेट १४ सेकेण्डको समय लगाए । तेस्रो स्थानमा सन्तोष विक्रम विष्ट आए । सशस्त्र प्रहरी बलका विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए ।