
पोखरा-सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार विहान भएको प्रतिस्पर्धामा ७.०६ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेका हुन् । एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७.० मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…