
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गन पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन् । उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
आर्मीका दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चिक्त बुझाए ।
महिला तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा १६ मिनेट २८ सेकेण्डमा पुरा गरिन् । नेपाल पुलिस क्लबकी श्रेबी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेण्डमा पुरा गर्दै रजत पदक जित्दा नेपाल आर्मीकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेण्डमा पुरा गर्दै कास्य पदक चित्त बुझाईन् ।
बुधबार पोखराको लेकसाईडमा आयोजित ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड तय गरिएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…