
पोखरा-नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ(क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)लाई २ विकेटले पराजित गरेको छ ।
हारको संघारमा पुगेको क्यान ११ लाई नेरी र अस्मिनाको महत्वपूर्ण साझेदारी निभाएपछि ११४ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा पुरा गरेको थियो । अस्मिनाले विजयी चौका प्रहार गर्दै जित पक्का गरिनन् । आठौं नम्बरमा क्रिज ओर्लिएकी नेरी थापाले क्यान ११ लाई कमब्याक गराउने क्रममा ३३ रनमा अविजित रहिन् । उनले ४८ बल खेल्दै क्यान ११ लाई जितको सम्भावनामा पुर्याउँदा अस्मिनाले १८ रनमा अविजित रहँदै विजयी सट हिर्काउने मौका पाईन् ।

स्कोर बोर्डमा रन नदेखिदैं क्यान ११ ले तीन विकेट गुमाएको थियो । काजल श्रेष्ठ, सीता रानामगर र इन्दु बर्मा शून्यमै पभेलियन फर्किएपछि क्यान ११ सस्तैमा समेटिने आँकलन गरिएको थियो । खातामा २० रन जोडिदाँ ५ विकेट गुमाईसकेको थियो । ३६ रन बनाउने क्रममा ६ विकेट गुमाईसकेको क्यान ११ लाई जितको लागि महत्वपूर्ण साझेदारीको खाँचो थियो । आठौं नम्बरमा आएकी नेरी थापाले उत्कृष्ठ प्रदर्शन गरेपछि क्यान ११ ले २ विकेटको जित सम्भव बनायो । नेरी र अस्मिनाले समान ४८/४८ बल खेले । उनीहरुभन्दा अघि रुबिना क्षत्री बेलबासेले १३ रन बनाईन् । कविता कुवँरले १६ रनको योगदान गरिन् । रिया राभल र रचेल पोटरले २/२ विकेट लिए ।

पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको ४० ओभरको एकदिवसीय प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको एमसिसीले ११३ रनको योगफल तयार पारेको थियो । क्लाईरी टेलोर र जेन्नी कितजिन्गरले पहिलो विकेटको लागि ३९ रनको साझेदारी निभाउँदै सुखद शुरुवात गरे । टेलोरले २० रन र कितजिन्गरले २१ रनको योगदान दिईन् । टेलोरले ५२ बल खेल्दै १ चोका हिर्काइन् भने कितजिन्गरले ५६ बल खेल्दै २ चौका उनको व्याटबाट निस्कियो ।
एलिसा हबर्डले १३ बनाई आउट हुदाँ अमाण्डा पोटगियटरले १६ रनको योगदान दिईन् । अमण्डा सीता रानामगरको बलमा स्टम्पिङ हुन पुगिन् । हबर्ड भने रुबिना क्षत्रीको बलमा बोल्ड भईन् । रुबिना क्षत्रीले ८ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिएर ३ विकेट लिईन् । सीता रानामगरले ८ ओभरमा विना मेडन २९ रन दिएर ३ विकेट लिईन् । नेरी थापा प्लेयर अफ दि म्याच घोषित भईन् । नेपाल भ्रमणमा रहेको एमसिसीले पोखरामा दुई टी–२० र दुई एक दिवसीय खेल खेल्ने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…