
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ईस्पोर्टस् संघका पदाधिकारीविच आज बुधबार राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ ।
संघका अध्यक्ष सुरज डङ्गोलको नेतृत्वमा भएको भेटघाटमा मित्र राष्ट्र चीनमा आयोजना हुने १९ औं एशियन गेम्समा ईस्पोर्टसको सहभागिताका सम्वन्धमा र आगामी दिनमा परिषद्बाट प्राप्त गर्न सक्ने विविध सहयोगका बारेमा छलफल भएको थियो ।
सदस्य सचिव घिसिङले ईस्पोर्टसको विकास र विस्तारमा परिषद्ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने बिश्वास दिलाए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…