
पोखरा-पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो।
पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई २५–२३, २५–१४ र २५–२२ को सेटमा पराजित गरेको हो। उपाधि विजेता पश्चिमाञ्चलले २० र उपविजेता शान्त माविले १५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार हात पारे।
आयोजक पोखरा बहुमुखी क्याम्पसका खेलकुद प्रतियोगिता संयोजक भरतराज अधिकारीका अनुुसार विद्यार्थीलाई खेल क्षेत्रमा सक्रिय बनाउन जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको हो। ‘गण्डकी प्रदेशमा भलिवल खेलको क्रेज निकै नै बढि छ। महिला भलिबलका पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएका छन,’ उनले भने, ‘यस्ता प्रतियोगिताले शैक्षिक क्षेत्रभित्र लुकेका खेलाडीको पहिचान बाहिर आउँछन्।’
क्याम्पस प्रमुख शिशुकला पराजुलीले पहिलोपटक क्याम्पसले जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको र आगामि दिनमा पनि यस्तै खेलकुदका गतिविधि गर्दै जाने बताईन। ‘खेलाडीभित्र लुकेको क्षमतालाई बाहिर ल्याउने माध्यमको रुपमा यस्ता प्रतियोगिता हुने गरेका छन,’ उनले भनिन, ‘शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि पहिचान बढाउन विद्यार्थीले यस्तै प्रतियोगिताबाट अवसर पाउँछन। विद्यार्थी भित्र लुकेको क्षमता बाहिर ल्याउनका लागि क्याम्पसले प्रतियोगिता आयोजना गरेको हो। आयोजक पोखरा बहुमुखी क्याम्पसले चारवर्षे स्नातक तहमा मानविकी र व्यवस्थापन संकाय संंचालन गर्दै आएको छ। यो पश्चिमाञ्चलकै पहिलो सामुदायिक क्याम्पस पनि हो।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…