
पोखरा-पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो ।
महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । मंगलबार भएको खेलमा वडा नम्बर १५ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर २३ फाइनल पुगेको हो । महिलातर्फ तीन टिममात्रै सहभागी भएकाले वडा नम्बर १८ सिधै फाइनल पुगेको थियो ।
महिलातर्फको फाइनल बुधबार बिहान साढे ८ बजे र पुरुषतर्फको फाइनल दिउँसो १ बजे रंगशालामै हुने आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिए ।
प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले विधागत पुरस्कारबापत जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्ने समिति अध्यक्ष दीपक गोदारले बताए । पोखरा महानगरपालिका भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…