सन्दीप लामिछानेको निलम्बन फुकुवा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७९ मा प्रकाशित


सन्दीप लामिछाने

पोखरा-जवर्जस्ती करणीको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन नेपाल क्रिकेट संघले फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

गत भदौ २३ गते संघले पूर्व कप्तान लामिछानेलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्व कप्तान लामिछानेलाई निलम्बित गरेको थियो । संघको बैठकको दशौं बुदाँमा छलफल हुदाँ लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको संघ स्रोतले जनाएको छ ।

जवर्जस्ती करणी मुद्धामा जाहेरी दरखास्त दर्ता भए पश्चात नेपाल क्रिकेट संघको मिति २०७९ भाद्र २३ गतेको निर्णय अनुसार निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले गएको पुस २८ गते धरौटीमा रिहा भएका थिए । उनको मुद्धा विचाराधिन अवस्थामा रहेकोमा उच्च अदालत पाटनको २०७९ पुष २८ को आदेश अनुसार धरौटीमा रिहा भएका थिए ।

धरौटीमा रिहमाा भएसँगै संघबाट सञ्चालन हुने नियमित प्रशिक्षण एवं प्रतियोगितामा सहभागिता हुन पाँउ भनी संघमा निवेदन दिएको समेत संघले जनाएको छ । संघका कानूनी सल्लाहकारको राय अनुसार नेपालको कुनै पनि कानूनले अदालतमा मुद्धा विचाराधिन रही धरौटी तारेखमा रहेको व्यक्तिलाई संघबाट सञ्चालन गरिने प्रशिक्षण तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन सकिने उल्लेख गरेपछि संघले पनि बैठकबाट लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।