
सप्तरी- राष्ट्रिय क्रिकेट बसिर एहमदको अलराउण्ड प्रदर्शन मद्दतले बजाज युथ एकेडेमी सप्तरी मिथिला कप टि-ट्वान्टी प्रतियोगिताको फाइनल पुगेको छ।
मंगलबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न सेमीफाइनलमा बजाज युथले एसके स्पोर्ट्स सप्तरीलाई ३४ रनले पराजित गर्यो। बजाज युथले दिएको १६० रनको लक्ष्य पछ्याएको एसके स्पोर्ट्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२५ रन मात्र बनायो।
एसके स्पोर्ट्सका अमर सिंह रौटेलाले ४७ तथा रासिद खानले ४३ रन बनाएता पनि जित दिलाउन सकेनन्। ३९ रनमा ४ विकेट गुमाएको अवस्थामा रौटेला र खानले ८२ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। अठारौं ओभरमा रासिदलाई बसिर एहमदले क्याच आउट गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा रौटेलालाई मोहम्मद हुसेनले क्याच आउट पारे।
बजाज युथको बलिंगमा देब्रे हाते पेसर मोहम्मद हुसेनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ११ रन खर्चिए। बसिर एहमदले २ तथा बिपिन खत्री र मिकु मण्डलले १र१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको बजाज युथले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनायो। उसको लागि बसिर एहमदले सर्वाधिक ५० रन योगदान दिए जुन क्रममा उनले ३६ बलमा ७ चौका प्रहार गरे। बिशाल यादव र सिद्धान्त लोहनीले समान २४ रन, बिपिन खत्रीले १८ तथा पपु यादवले १५ रन बनाए।
एसके स्पोर्ट्सका बलर रसिद खान, अमर सिंह रौटेला र सुमित महर्जनले २र२ तथा सुनिल धमलाले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर एहमद घोषित भए। मंगलबारनै सम्पन्न प्रतियोगिताको चौंथो क्वार्टरफाइनलमा एमसीटि मकवानपुरले एससीसी सिरहालाई ५ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो।
पहिले ब्याटिंग गर्दै एसीसीसी सिराहाले दिएको १३३ रनको लक्ष्य एमसीटि मकवानपुरले ५ विकेट क्षेतीमा १०।४ ओभरमै भेटायो। मकवानपुरका सुभ कंसाकारले अविजित ७५ रन बनाए जुन क्रममा ३१ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। प्लेयर अफ द म्याच कंसाकारले बलिंगतर्फ पनि ३ विकेट लिएका थिए।
बुधबार हुने दोश्रो सेमीफाइनलमा एमसीटि मकवानपुरले केसीसी बाराको सामना गर्नेछ। युवा शक्ति क्लबद्वारा आयोजित नक(आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…