
तस्बिर फाईल
पोखरा-आगामी फागुनको दोस्रो साता पोखरा रंगशालामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
जिल्ला खेलकुद विकास समिति कास्कीको शुक्रबार बसेको बैठकले १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १४ र १५ गते आयोजना गर्ने निर्णय गरिएको कास्की जिल्ला खेलकुद विकास समिति पोखराका कार्यलय प्रमुख डि.बी नेपालीले जानकारी दिए ।
फागुनको दोस्रो आयोजना गर्ने निर्णयसँगै जिल्ला खेलकुद विकास समितिले फागुन ९ गतेभित्रका सबै पालिकालाई प्रतियोगिता टुग्याईसक्न आग्रह समेत गरेको छ ।
कास्कीका चार गाँउपालिका र पोखरा महानगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता टुग्याई जिल्लास्तरीय प्रतियोगितामा सहभागिताको लागि आग्रह गरिएको उनले बताए । प्रतियोगिताको लागि साढे १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । समितिको बैठक अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा बसेको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…