महासंघमा सेवा गर्ने क्षेत्रीको चाहना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७९ मा प्रकाशित


पोखरा-उनी गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य हुन् । खेलकुदमा अगाध लगाव छ । पछिल्लो पुस्तामा उनको खेलकुदप्रतिको मोहले अरुलाई पनि प्रेरणादायी बनाईदिएको छ । राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । खारिदै गएका छन् । उनै खगेन्द्र क्षेत्री अहिले नेपाल खेलकुद महासंघ मार्फत खेलकुद क्षेत्रमा सक्रिय हुने सकल्पसहित अगाडि बढेका छन् ।

नेपाल कम्युष्टि पार्टीको भातृ संस्था नेपाल खेलकुद महासंघको फागुन ७ गतेदेखि ९ गतेसम्म विराटनगरमा हुन लागेको दोस्रूो महाधिवेशन मार्फत युवा तथा खेलकुदका लागि काम गर्ने जमर्कोसहित चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । महासंघ उनको लागि राम्रो मञ्च बन्ने आशा र विश्वास छ । उनले मञ्चको पदाधिकारीमा आफुलाई प्रस्तुत गर्ने सम्भावनाा छ ।

खेलकुदलाई आफ्नो करियर ठान्दै आएका उनले आगामी पुस्ताका बालबालिकालाई आफूले नपाएको अवसर दिने गरी काम गरिरहेका छन् । विशेष गरी उनी नेपालमा मुआइथाईको विकासका लागि काम गर्दै आएका छन् । उनले खेलकुदको व्यवसायीकरण नै नेपालमा विकासको बाटो भएको पनि बताए । उनी बास्केटबल र रग्बीमा पनि प्रत्यक्ष संलग्न छन्। उनी प्रशिक्षक पनि हुन् । विशेष गरी उनी मुआथाईका खेलाडी समेत हुन् ।

देशको राजनीतिक अवस्थाबारे हरेक युवा सचेत हुनुपर्ने र सम्भव भएमा युवाले राजनीतिमा लागेर आवाज उठाउने, राजनीतिक मञ्चमा आफ्नो धारणा राख्नुपर्ने उनको धारणा छ । उनले आफुलाई महासंघको राम्रो भूमिकामा रहने अपेक्षा र विश्वास गर्दै खेल र खेलाडीको हकहतिको लागि आवाज उठाउने प्रतिबद्धता समेत गरेका छन् । खेलाडीलाई लक्षित गर्दै खेल नीति हुनुपर्नेमा जोड दिदैं आएका क्षेत्रीले खेलकुदको विकासमा सबैसँग हातेमालो गर्ने स्पष्ट पारे ।