जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित


बाँके-बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमाच्याम्पियन बनेका छन् । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिकविधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथमभएकाहुन् । त्यसैगरी देवबहादुर बोहोराले ५३ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो र शिवप्रसाद थारुले ५६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पुरा गरी तृतीय स्थानहासिल गरे ।

४.५ किलो मिटरको दुरी भएको ट्रेलमामहिलातर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपाथारु प्रथमहुँदा १ घण्टा १० सेकेण्डमा एसी श्रेष्ठ द्धीतीय स्थानतथा १ घण्टा २ मिनेट २ सेकेण्डमा पार गरी रिमाथारु तृतीयभए।
लुम्बिनीप्रदेश स्तरीय खेलमामहिलातर्फ ६ जनार पुरुष १३जना सहभागीथिए । बिजयी खेलाडीलाई बैजनाथगाउँपालिका वडा १ का अध्यक्ष रुप बहादुर मल्ललगाएतअतिथितिले पुरस्कृत गरे ।यसअघि बैजनाथपालिकाप्रमुखप्रकाशबहादुर शाहीले प्रतियोगिताको उदघाटन गरेका थिए ।

साइक्लिङ खेललाई बढावा दिदैं, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापनाभएको बाँके जिल्ला साइक्लिङ संघ स्थापनाकालको छोटो समयमा साइकिलिङ खेलकापूर्वाधार तयार गर्ने देखि खेलाडीहरुलाई प्रशिक्षित गर्ने र देशमाहुने विभिन्नप्रतियोगितामा पठाउने कामगर्दै आएको अध्यक्षगगनथापाले बताए ।