
अन्नपूर्ण म्याराथनमा सहभागि धावकहरु । तस्बिर फाईल
पोखरा-यही जेठ २० गते अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ । दुई संस्करण आयोजनासँगै कोभिडले रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जून ३ तारिख(जेठ २० गते) आयोजना गरिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जेठ १७ देखि २० गतेसम्म तेस्रो अन्नपूर्ण म्याराथन÷अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० गर्ने तयारीमा जुटेको छ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो । अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न यस वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ । अन्नपूर्ण म्याराथनमा अन्र्तराष्ट्रिय धावकहरुको सहभागिता रहने विश्वास समेत आयोजक समितिले गरेको छ ।
दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने छ ।माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन हुने छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए ।
तेस्रो संस्करणमा आईपुग्दा महिलाको इभेण्टलाई पनि समेटिएको छ । म्याराथन पुरुष तर्फ विजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ । दोस्रो हुने धावकले १ लाख र तेस्रो हुने धावकले नगद ७५ हजार प्राप्त गर्ने छ । महिला तर्फको विजेताले नगद ७५ हजार राशी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो हुने धाविकाले ५० र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवकै अवसरका आयोजित गाँउस्तरीय बास्केटबल प्रतियोगितामा पुरुष तर्फ विजेताले नगद ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरुष खुल्ला बास्केटबल प्रतियोगितामा पनि ८० हजार र दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । आन्तरिक पर्यटकको गन्तव्य बनेको घान्द्रुकमा पर्यटकका लागि घोडा चढेर गाँउ सयर गर्ने व्यवस्था समेत मिलाइएको छ । अन्नपूर्ण म्याराथन÷अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० लागि करिब ८० लाख रुपियाँ खर्चको अनुमान गरिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…