
काठमाडौं- प्रीन्स दाहाल र रसिलामहर्जन यसै बर्षको सेप्टेम्बरमाचीनको गाङ्गजाउमाआयोजनाहुने १९ औ एशियन गेम्सकालागि छनोट भएका छन् । नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमाआयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिलजोशी र जेशिकागुरुङ्ग छनोट भएका छन । बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् ।
चारै खेलाडीको एशियन गेम्सको यात्रापहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ । कोरियाको इन्चोनमाभएको १७औ र इन्डोनेसियामाभएको १८ औ एशियन गेम्समाहामीपुरुष टिम इभेन्ट्समा क्वाटरफाइनल सम्मपुग्दै पाचौं स्थानहासिलगर्न सफलभएका छौ । तर अहिले खेलाडीको स्तर राम्रो भएतापनि खेलाडीको कोटा कमभएकोले हामी टीम इभेन्ट्समाप्रतिस्पर्धा गर्न सक्दैनौ – अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए ।
खेलाडीको स्तरलाइ हेर्दा प्रीन्स जुनियर तर्फ विश्वनम्बर एक रहिसकेका छन । यस्तै रसिलाजुनियर युगलतर्फ बिश्व छैटौं स्थानमा रहिसकेको संघका सचिवनविनविक्रमशाहले जानकारी गराएका छन् ।छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्चपार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादालगाएर राम्रो नतिजाप्राप्तगर्न शुभकामनादिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…