
पोखरा-युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक स्वार्थको लागि एकै खेलका दुई संघ दर्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । ‘राजनीतिक स्वार्थको लागि संघ दर्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ पोखरामा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले भने–‘एकै प्रकृतिका दुई खेल संघलाई एउटै बनाउनुपर्छ ।’ नेपालमा एकै प्रकृतिका खेलको दुई संघहरु दर्ता हुदाँ समस्या सृजना हुदैं आएको छ । कराँतेको विभिन्न संघ दर्ता हुदाँ अन्तराष्ट्रिय सहभागिता अन्योल हुदाँ सबै कराँतेलाई एउटै छातामुनि राख्दै कराँते महासंघ गठन गरिएको छ ।
‘खेल संघहरु इमान्दार बन्नुपर्छ । संघहरुमा विवाद देखियो । यो विवाद अन्त्य गर्नुपर्यो ।’ मन्त्री लिम्बुले खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलन थपे–‘एक खेल एक संघ हुनुपर्छ भन्ने ऐनमा व्यवस्था छ । एउटै खेलको थुप्रै संघहरु भएपछि विवाद आयो । खेलको विकासको लागि काम गर्नोस । प्रवद्र्धन गर्नोस । तर राजनीतिक फाईदाको लागि काम नगर्नोस । नियमले मिल्ने बनाउ भन्दै नियमले नमिल्ने कुरामा ब्याक आउ ।’ मन्त्री लिम्बुले एउटै प्रकृतिका दुई खेल संघका पदाधिकारी तथा प्रशिक्षकलाई समेत आग्रह गर्दै खेल संघ विवादमा रहदाँ खेलकुदको विकासमा बाधा पुग्ने स्पष्ट पारे ।
खेलकुद ऐन २०७७ ले पनि एक खेल एक संघको अवधारणा अनुसार नै भईरहेका एकै प्रकृतिका दुई खेलसंघलाई एउटै बनाउने ध्यानमा सरकार केन्द्रीत रहेको उल्लेख गरे । एकै प्रकृतिको खेल संघ बारे राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिसँग छलफल गरेर विट मार्ने तयारीमा रहेको बताए । पूर्वाधार भएपछि मात्रै खेलाडीले पदक जित्ने सम्भावना हुने भन्दै पूर्वाधारमा सरकारको ध्यान रहेको बताए । केही समय अघि मात्रै शारीरिक सुगठनमा विवाद सृजना भएको थियो । १९ औं एसियन गेमको तयारी सुरु भइसकेको भन्दै केही खेलको बन्द प्रशिक्षण पोखरामा हुन सक्ने संकेत उनले गरे । मन्त्रालय अन्र्तगतका कार्यालयको संघिय संरचना अनुसार स्वामित्व हस्तान्तरण गर्ने कार्य अगाडि बढेको उनले खुलाए ।
‘सरकारले सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा परेन, यो भन्दा अगाडि झण्डै पौने ४ अर्बको बजेट छुट्याइएको भएपनि अहिले घटाएर १ अर्ब ८८ करोडको सिलिङ योजना आयोगले पठायो’ उनले भने । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गरेको भएपनि त्यसलाई सम्बोधन नगरिएको उनले खुलाए । मन्त्री लिम्बुले पोखरा रंगशालाको खेलकुद पूर्वाधारको निरीक्षण गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…