फोटो पत्रकार पुनलाईसहारा खेलकुद पत्रकारिता पुरस्कार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २९ गते २०८० मा प्रकाशित


पोखरा-सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुहुने भएको छ । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

विगत डेढ दशक भन्दा लामो समय देखि फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ । पुन हाल नागरिक राष्ट्रिय दैनिक, गोल नेपाल डटकममा आबद्ध छन्। खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् ।

सहारा क्लव स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा क्लवले यही भदौं ३० गते एक समारोहका बिच उक्त पुरस्कार पुनलाई अर्पण गर्ने क्लबका अध्यक्ष हरिराम गुुरुङले जानकारी दिए । उक्त पुरस्कारको राषि २५ हजार ५ सय ५५ रहेको छ । कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रहँदै आउनु भएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएको छ ।

गतबर्ष नारायण शाही सम्मानित हुनु भएको थियो भने त्यसै गरी यस अघि दिपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भईसकेका छन् ।