
पोखरा-अन्तर विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी प्रतियोगितामा बेथानी बोर्डिङ स्कुल र गौरीशंकर मा.वि च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र पोखरा महानगरपालिका कबड्डी संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देशीय कर्भड हलमा आइतबार भएको फाइनल खेल जित्दै यी दुई टोली च्याम्पियन बनेका हुन् । बेथानीले फाइनलमा कालिका मावि र गौरीशंकरले रामेश्वरी माविलाई पराजित गरेको हो ।
प्रतियोगितामा छात्ररछात्रातर्फ प्रथम र द्वितीय भएका टिमले क्रमशः १२र१२ हजार रुपैयाँ र ७र७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
छात्रतर्फ अमरसिंह सेकेण्डरी स्कुल र एक्स आर्मी पब्लिक सेकेण्डरी तृतीय भए । छात्रातर्फ बेथानी बोर्डिङ र तालबाराही मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । तृतीय टिमले ३५र३५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले विगतमा कबड्डी प्रतियोगिता हुँदा थोरै सहभागिता रहने गरे पनि यसपटक ४० टिम हुनु सुखद भएको बताए । विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुने र खेल्ने वातावरण विद्यालयले बनाउनुपर्ने र खेलकुदमा लगानी गर्नुपर्ने उनले बताए । विद्यालयबाटै खेलाडी उत्पादन गर्नुपर्छ भनेर नै विद्यालयस्तरीय प्रतियोगिता महानगर खेलकुद विकास समितिले आयोजना गर्ने गरेको अध्यक्ष गोदारले सुनाए ।
महानगर कबड्डी संघका अध्यक्ष सागर भण्डारीले कबड्डी खेलमा आकर्षण बढाइराख्न प्रतियोगितालाई निरन्तर गर्न प्रयास गर्ने बताए । महानगरपालिकाले पुरानो खेल मानिने कबड्डीका लागि बजेट छुट्याएकोमा उनले धन्यवाद दिए । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रातर्फ २३ र छात्रतर्फ १७ गरेर ४० टिम सहभागी थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…