जिल्ला र महानगर मुवाथाई संघ गठन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २ गते २०८० मा प्रकाशित


पोखरा- प्रोफेशनल मार्शल आर्ट खेलका खेलाडी तथा खेलप्रेमीहरुको भेलाले कास्की मुवाँथाई र पोखरा महानगर मुवाँथाई संघ गठन गरेको छ ।

पोखरा रंगशालामा आयोजित भेलाले विबेक कार्कीको अध्यक्षतामा कास्की जिल्लास्तरिय मुवाँथाई संघ र मिलन केसीको अध्यक्षतामा पोखरा महानगर मुवाँथाई संघ गठन गरेको हो ।

भेलाले कास्की मुवाँथाईको उपाध्यक्षमा दिपेन्द्र चालिसे, सचिवमा सरोज पौडेल, कोषाध्यक्षमा मनोज थापा मगर र सदस्यमा प्रणय कायस्थ, स्वस्तिका केसी र अप्सरा गुरुङ रहेका छन् । त्यस्तै पोखरा महानगर पालिका मुवाँथार्ईको उपाध्यक्षमा वरदान लामा, सचिवमा कृष्ण कार्की, कोषाध्यक्षमा ज्ञानेन्द्र सिंह रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा युनिष्मा लामिछाने, मायाँ गुरुङ र मञ्जु शिल्पकार रहेका छन् ।

भेला तथा संघ गठन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य एवं नेपाल मुवाँथाई संघका सचिव खगेन्द्र क्षेत्री, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बाँनिया, कार्यालय प्रमुख सुनबहादुर लामा, पोखरा महानगर खेलकुदका अध्यक्ष तथा नेपाल मुवाँथाई संघका उपाध्यक्ष दिपक बहादुर गोदार, पोखरा महानगर खेलकुदका सदस्य सचिव सुभाष खड्का, सिनियर प्रशिक्षक शिव गुरुङलगायतको सहभागिता रहेको थियो ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले मुवाथाई खेलको लागि ५ लाख रुपैयाँ छुट्टाएको छ । बजेटले मुवाथाई राष्ट्रिय प्रतियोगिताको आयोजना गरिने समेत पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिए । उनका अनुसार आगामी नोभेम्बरमा थाईल्याण्डको बैंककमा आयोजना हु्ने एशियन गेम्समा मुवाथाईले सहभागिता जनाउने छ ।