
काठमाडौं- बिकिन जोशी र सविता ह्यान्जु नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जोशी र ह्यान्जुले समग्ररुपमा नेपालको स्ट्रङ्गेष्ट एथलेटको उपाधीका साथै नगद रु ३७,५००/–, मेडल, ट्रफी र विभिन्न आकर्षक उपहारहरु प्राप्त गरे ।
दुईदिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समुहमा आधारित खेल गराइएको थियो । जसमा पुरुष खुल्ला अन्तर्गत ६२ केजि वजन समूह मुनिको खेलमा निमेष चुकान, बल बहादुर सुनार र दिनेश सिख्राकर ६२।१ केजि – ६९ केजि वजन समुहको खेलमा बिकिन जोशी, बिक्रम थापा र बिकास गुरुङ्ग, ६९।१ केजि – ७७ केजि वजन समुहको खेलमा रबिन राई, विजु लामा र विजय प्रजापति, ७७।१ केजि – ८५ केजि वजन समुहको खेलमा विकेस श्रेष्ठ, राजिब श्रेष्ठ र अर्जुन श्रेष्ठ र ८५ं केजि वजन समुहक खेलमा ओजस जोशी, मनोज श्रेष्ठ र मनिष शाक्यले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरि पुरुष विधा अन्तर्गतको पाँच वटा वजन समुहको खेलमा समुहगत विजेता भए ।
त्यसैगरी महिला खुल्ला विधा अन्तर्गत ५८ केजि वजन समुहको खेलमा सबिता ह्यान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८।१ केजि –६४ केजि वजन समुहको खेलमा पुनम बोम्जन, एन्नि दर्जि र एलि लिम्बू, ६४ं केजि वजन समुहको खेलमा शर्मिला शाह, जुनु महर्जन र मनु कला राइले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरि महिला खुल्ला अन्तर्गतको तीन वटा वजन समुहमा आधारित प्रतिस्पर्धाको समुहत विजेता भए । त्यसैगरी जुनियर अन्तर्गत २१ वर्ष मुनिको उमेर समुह बिचको खेलमा जेम्स९बिप्लव०, राजिव खड्का र सुधीर श्रेष्ठले क्रमश प्रथम द्वितीय र तृतीय स्थान गरेका थिए । मास्टर्स पुरुष ४५ं उमेर समुहको खेलमा तारा बहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनले क्रमश प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गरे ।

स्टर्स महिला ४०ं को उमेर समुहको खेलमा लक्ष्मी महर्जन, पुजा प्रधान र माया मगरले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स अन्तर्गतको प्रत्येक समुहको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समुहगत विजेता खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप क्रमश १५,०००÷–, १०,०००÷– र ५,०००÷– नगद पुरस्कार साथै मेडल ट्रफी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरियो र सबैभन्दा बढी अंक प्राप्त गर्न सफल गो फिट, भक्तपुरले नेपालको स्ट्रोङ्गेस्ट क्लब २०२३ को उपाधी प्राप्त गर्न सफल भएको थियो । प्रतियोगितामा देशभरबाट १६४ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय गगन कुमार थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक अध्यक्ष सुकदेव कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मा। गगन कुमार थापा रहेका थिए । विशिस्ट अतिथी पिन्टोला नेपालका संचालक तथा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रेमहरी मैनाली, नेपाल सेनाका पुर्व प्रधान सेनापती गौरव शमशेर ज।ब।रा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री बिजय लाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, नेपाल भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री सुरेश सुबेदी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय सदस्य बाबु काजी मानन्धर, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठ, अशोक फिटनेसका संचालक अशोक शाही र अभिसेस शाही, स्ट्यान्डर्ड फेसनका संचालक अनिस महर्जन, पोशिलो फुड्सका संचालक पृथ्वी कल्याण पराजुली, ब्यागर्स नेपालका संचालक सबिन लामीछाने लगायत विभिन्न संघ, संस्थाबाट पाल्नुभएका अन्य थुप्रै विशिस्ट व्यक्तिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…