विधान अधिवेशन मार्फत कार्यकाल दुई वर्षे बनाउने निर्णय

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०८० मा प्रकाशित


पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ साधारण सभा तथा विधान अधिवेशनले कार्यसमितिको कार्यकाल तीनवर्षबाट घटाई दुई वर्षे बनाउने निर्णय गरेको छ । मञ्चको विधान अधिवेशनमा तीन वर्षे कार्यकाल लामो भएको जनाउँदै दुई वर्षे बनाउने निर्णयलाई सर्वसम्मत पारित गरिएको छ । आगामी नयाँ कार्यसमितिको कार्यकाल अब दुईवर्षको हुने छ । मञ्चमा ७४ जना सदस्य छन् ।

विधान संशोधन समितिका संयोजक रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई व्यापक छलफल गरेर पारित गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । विधान संशोधन समितिको सदस्यमा विजय नेपाल र गणेश बराल (ढाकामोहन) रहेका थिए । यसैगरी सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाउने निर्णय समेत गरिएको छ । यी लगायत केही विधान र मापदण्ड विधान अधिवेशनबाट संशोधन गरिएको छ ।

यसअघि साधारण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले खेल क्षेत्रमा भएको व्यापारीकरणले खेलकुद क्षेत्र पछाडी परेको गुनासो गरिन् । । उनले खेलकुद क्षेत्रलाई उत्कृष्ट छ, अझै बनाउनुपर्नेमा जोड दिदैं व्यापारीकरणलाई रोक्नुपर्नेमा स्पष्ट पारिन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि पछाडी पछर्’ उनले बुधबार पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ साधारण सभा तथा विधान सभालाई सम्बोधन गर्दै भनिन् ।

खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायीक रुपमा भने अगाडि बढ्नुपर्ने तर्क उनको थियो । ‘खेल क्षेत्र र पत्रकारिताको क्षेत्र व्यवसायीक हुनुपर्छ, नत्र यी क्षेत्र कमजोर हुन्छ’उनले थपिन् । उनले नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोटर््स अवार्डमा बजेट अभाव हुन नदिने प्रतिवद्धता दोहो¥याइन् । ‘बजेटमा केही छुट्यो होला, छुटेपनि सच्याउने ठाउँ छ, अवार्डमा बजेट अभाव हुन दिन्नौं’ उनले स्पष्ट पारिन् । कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मञ्च गण्डकीले गर्ने कार्यहरुमा परिषदले सहकार्य गर्ने बताए । मञ्चले आयोजना गर्ने अवार्ड लगायतका कार्यक्रमको लागि परिषदले सहयोग गर्ने उनको प्रतिवद्धता थियो । मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले मञ्च गण्डकीले खेल क्षेत्रलाई अगाडि बढाउन योगदान दिइरहँदा पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस अगाडि छुट्याउदै आएको बजेट कटौती गरेकोमा गुनासो गरे । प्रदेश सरकार तथा स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकता नदिँदा पछिल्लो समय खेल क्षेत्रमा पोखरा पछाडि परेको दावी थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सीना पंगेनी, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरी प्रसाद पराजुली, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बोलेका थिए । उनीहरुले मञ्च गण्डकीले गर्दै आएका कार्यक्रमले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमले यो क्षेत्रमा अगाडि बढ्ने खेलाडी, प्रशिक्षक, खेलसंघ तथा क्लब तथा खेलकुद विटमा कलम चलाउने पत्रकारलाई थप उर्जा थप्ने कार्य गरिरहेका उनीहरुको भनाई थियो ।