
पोखरा-मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ गरेको मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । । सातौं नम्बरमा आएका विशाल पटेलले इनिङ सम्हाल्दै अविजित ४९ रनको योगदानमा मधेशले ८ विकेट गुमाउँदै १३५ रन बनायो । उनले ३२ बल खेल्दै तीन चौका र तीन छक्का हिर्काए ।
केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेको मधेशले पावर प्लेमा ४६ रन बनाउँदा दुई विकेट गुमाएको थियो । १७ रन जोड्ने क्रममा पहिलो विकेट गुमाएको मधेशले दोस्रो विकेट पनि सस्तैमा गुमायो । अनिल साहलाई तिब्रगतिका बलर सोमपाल कामीले विवेक यादवको हातबाट क्याच गराए । दोस्रो विकेटको रुपमा हरिशंकर साहलाई गुमाएको थियो । कप्तान हरिशंकरले २१ बल खेल्दै २७ रन बनाए । ३ चौका र २ छक्का उनको इनिङमा रह्यो ।
इमरान शेखलाई सातौं ओभरको दोस्रो बलमा गुमाएपछि मधेश दबावमा पर्यो । शेख पनि ८ रन आउट भए । साहब आलमको बलमा विकेट किपर विनोद भण्डारीले शेखलाई स्टम्प आउट गरिदिए । पाँचौ नम्बरमा आएका मायान यादवलाई आलमले नै बोल्ड गरेपछि मधेश ९ ओभरको समाप्तीमा ५२÷४ को स्थितिमा रह्यो । दशौंओभरमा मधेशले केवल तीन मात्रै जोड्यो ।
११ औं ओभरको तेस्रो बलमा आलमले पवन सर्राफलाई ९ रनमा पभेलियनको बाटो देखाए । १४ बल खेल्ने क्रममा सर्राफ बोल्ड भए । त्यस ओभरमा आलमले केवल एक रन खर्चिएर एक विकेट लिए । उनले तीन ओभर बलिङमा केवल ५ रन खर्चिएर ३ विकेट लिए । मधेशका व्याटरको महत्वपूर्ण साझेदारी बन्ने सकेन् । बसिर अहेमदको बलमा हिमांशु दत्त १४ रनमा बोल्ड भए । १८ औं ओभरमा विवेक यादवले पहिलो र दोस्रो बलमा विकेट लिएपछि मधेशको स्कोर मध्यम बन्न पुग्यो । एकै ओभरमा यादवले विशाल सुस्लिङ र रुपेश सिंहको विकेट लिए । विवेक र साहब आलमको नाममा समान ३ विकेट लेखियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…