
पोखरा-आगामी फागुनको पहिलो शनिबार आयोजना हुने पोखरा अन्तराष्ट्रिय म्याराथानमा सामवेश गरिने विद्यालयस्तरीय छात्र तथा छात्रा दौडलाई पोखरा पस्र्याङस्थित शान्ति निकेतन बोर्डिङ स्कुलले प्रायोजन गर्ने सहमति भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले विद्यालय दौड अन्तर्गत इभेण्टको पुरस्कार प्रायोजन गर्ने भूतपुर्व खेलाडी मञ्च नेपालले जनाएको छ । ‘साथ सहयोग रहने विषयमा सहमति भएको छ । हाम्रो बुझाईमा स्कुलले विद्यालयस्तरीय दौड इभेण्टमा प्रायोजन गर्ने छ । सहमति पनि त्यही अनुसार गरिएको छ ।’ मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने ।
प्रिन्सिपल महेश्वर पराजुलीले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन् । खेलकुदको माध्ययमबाट विद्यार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए । पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विद्यालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए ।
म्याराथनको काउन्टडाउन सुरु भएसँगै मञ्चले तयारीलाई तिव्रता दिएको छ । मञ्चका अध्यक्ष पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विद्यालयहरुलाई समेत जोड्ने योजनाअनुरुप आफुहरु विद्यालयस्तरमा पुगिरहेको जानकारी दिए । विद्यालयको सहभागिताले विद्यार्थीलाई समेत खेलकुद गतिविधिमा प्रत्यक्ष सहभागिता हुने विश्वास समेत मञ्चले लिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…