
पोखरा–नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका बीच टोलीलाई विदाई गरेकी छन् । मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई स्वागत गर्न आतुर छौं ।”
गण्डकी प्रदेश सरकारले विगतमा समेत महिला क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान गरिसकेको जनाउँदै मन्त्री सिंम्खडाले खेलाडीहरुलाई सम्वोधन गर्दै भनिन्–“तपाँईहरु गण्डकी प्रदेशको गहना हो । सम्पती हो । यहाँहरुको जितले गण्डकीको पहिचान बढ्ने छ । हामी यहाँहरुलाई विगतमा जस्तै गरि सम्मान गर्ने अवसर दिनुहुनेमा हामीलाई विश्वास छ ।” उनले पछिल्लो समय क्रिकेट खेलको विकास हुँदै गएको र क्रिकेट खेलको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताइन् ।
मन्त्री सिंम्खडाले खेलाडीहरुलाई ट्राभलिङ पोशाक समेत वितरण गरेकी थिइन् । पोसाक खेलाडीहरुलाई गिगा जर्मन ल्याङ्वेज इन्स्टिच्युटले सहयोग गरेको छ । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिदाई कार्यक्रममा संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगितामा बिजेता टोलि का खेलाडी र सिनियर खेलाडीहरुको संयोजन रहेकाले अपेक्षित नतिजा आउने साथै युवा खेलाडीहरुको समिश्रणले आगमी यू–१९ राष्ट्रिय प्रतियोगिताको लागि राम्रो तयारी हुने कुरा राख्नु भयो। आगामी २०२७ मा बाङ्गलादेश संग सयुक्त आयोजनाहुने यू–१९ महिला वर्ड कपको क्यालिफायरको तयारीकालागि हुने यू–१९ राष्ट्रिय प्रतियोगितालाई हेरि नया कप्तानलाई प्रमोट गरेको कुरा व्यक्त गर्नु भयो। कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुदका अध्यक्ष तोरण बानियाँ, निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, जिल्ला क्रीकेट संघ स्याङ्जा का अध्यक्ष दिवाकर थापा, पर्बतका अध्यक्ष रेशम के सि लगायतको सहभागिता रहेको थियो ।
पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा गण्डकीको टिम कप्तानमा कुशुम गोदार रहेकी छन् । त्यसै गरी खेलाडीहरुमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका छन् ।टिमको प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा विन्दु केसी र टेक्निकल एनालिष्टमा सोनय ९विक्रम० तिवारी रहेका छन् ।
सहभागि खेलाडी मध्ये चार खेलाडी मध्ये नेपाल राष्ट्रिय टोलिलाई प्रतिनिधित्व गरि सकेकी सुमन खतिवडा १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडी हुन । त्यसै गरी सृष्टि जैशी यू–१९ महिला राष्ट्रिय टिमकी सदस्य थिइन् । उनीसँँग चीन र मलेसियामा खेलेको अनुभव छ ।मलेसियाको प्रतियोगितामा उनी यू–१९ आइसिसी ड्रिम टोलिकि प्लेयर रहिसकेकी छन् । शिला रेग्मी र अञ्जली विक समेत यू–१९ राष्ट्रिय टोलीमा अनुभव हासिल गरेका छन् । शिलाले चिन र अञ्जलीले मलेसियामा खेलीसकेकी छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…