
file pic
काठमाडौं-नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए ९नेपाल पौडी संघ० कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ ।
सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । उमेर समूह अन्तरगत १० बर्ष मूनी, १२ बर्ष मूनी, १४ बर्ष मूनी र १७ बर्ष मुनीको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक तथा ४ गुणा ५० मिटर फ्रिस्टायल रिले र खुल्ला तर्फ ५० मिटर, १०० मिटर २०० मिटर फ्रिस्टायल, ५० मिटर र १०० मिटर ब्याकस्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गरिने छ ।
उमेर समूह र खुल्ला गरि करिव १५० खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले बताए । उमेर समूहमा उत्कृष्ट अंक हासिल गर्ने शिर्ष ३ टिमलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिने छ ।
नेपालमा बातानुकुलित पौडी पोखरीको निर्माण पश्चात नेपाल पौडी संघले पहिलो पटक चिसो मौसममा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । बातानुकुलित पौडी पोखरीको निर्माणले नेपालमा अव सुनसुकै मौसममा पनि प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । जसले आगामी दिनमा नेपाली खेलाडीहरुको क्षमता अभिबृद्धिमा निकैने सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…